प्रधानमन्त्री निवासको ढोकामा स्पष्टीकरणको पत्र बुझाएर फर्के प्रचण्ड–नेपाल समूहका नेता

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन किन नगर्ने भन्दै मागेको स्पष्टीकरणको पत्र  प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा बुझाएर फर्केका छन् ।

नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र श्रीराम ढकाल पत्र लिएर प्रधानमन्त्रीलाई बुझाउन बालुवाटार गएका थिए । उनीहरु भित्र प्रवेश गर्न नपाएपछि गेटमा सुरक्षाकर्मीलाई बुझाएर फर्किएका हुन् ।

ओलीलाई स्पष्टीकरणपत्रमा लेखिएको छ– ‘साधारण सदस्यबाट समेत किन कारवाही नगर्ने ?’ सो समूहका एक जना अध्यक्ष माधवकुमार नेपालले सोमबारै ओलीलाई पार्टीबाट निष्काससन गर्ने अन्तिमपत्र काटिएको बताएका थिए ।

प्रकाशित मिति: : 2021-01-18 17:47:00

प्रतिकृया दिनुहोस्