चिया विकास निगमको जग्गामा त्रिवेणीको रजाइँ !

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- सरकारी जग्गा भाडामा लिएर झापा र इलाममा चिया विकास निगमका ७ वटा चिया बगान सञ्चालन गर्दै आएको त्रिवेणी ग्रुपले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम तिर्न आनाकानी गर्दै आएको छ।

सरकारी जग्गा भाडामा लिएर चिया बगान सञ्चालन गर्दै आएको त्रिवेणीले पुरानो भाडाबापतको रकमका विषयमा सरकारले बारम्बार ताकेता गरे पनि भुक्तानी नगरेको पाइएको हो। सवा १० करोड रुपैयाँ बक्यौता भुक्तानीका लागि अर्थ मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि नतिरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

‘बक्यौता रकम भुक्तानीका लागि अर्थ मन्त्रालयले पछिल्लो साढे एक वर्षमा नै ३ वटा पत्र काटिसकेको छ,’ अर्थ मन्त्रालयका एक सह-सचिवले भने, ‘बक्यौता रकम भुक्तानी गर्ने विषयमा त्रिवेणीले विभिन्न बहाना झिकिरहेको छ।’

त्रिवेणी ग्रुपले चिया बगान नाफामा जान नसकेको भन्दै पुरानो बक्यौता भुक्तानी गरेको छैन। तर, चिया बगान भने सञ्चालन गरिरहेको छ।

जग्गा नापीमा भूमि मन्त्रालयको असहयोग
त्रिवेणी ग्रुपले सरकारले उपलब्ध गराउने जग्गा नपाएको भन्दै बक्यौता रकम तिर्न आलटाल गरेपछि अर्थ मन्त्रालयले उसले भोगचलन गर्दै आएको जग्गाको नापी गरिदिन भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत पत्राचार गरेको थियो।

प्रकाशित मिति: : 2021-01-19 07:53:00

प्रतिकृया दिनुहोस्