५ दिनमै सय कराेड नाघ्याे ‘मास्टर’काे कमाइ

सार्वजनिक हुनुअघि नै हजारभन्दा बढी सोको टिकट बिक्री भएर तरंग ल्याएको ‘मास्टर’ले सय करोड कमाइ नाघ्ने पहिलो चलचित्रबन्न सफल भएको छ। 

फिल्मफेयरका अनुसार, ३८ सय पर्दामा रिलिज भएको तमिल चलचित्र‘मास्टर’ पाँच दिनमै सय करोड क्लबमा परेको हो। 

चलचित्रको टिकट लिनका लागि दर्शकको भीड अत्याधिक बढेपछि चेन्नाइको एक चलचित्र भवनका संचालकले प्रहरीलाई नै बोलाउनु परेको थियो।

हल संचालकले काउन्टरबाटै टिकट लिन नपाइने व्यवस्था गर्दै अनलाइन बुकिङ मात्र खुल्ला गर्नु परेको थियो।

यो चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज भएको छ। लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन्।

फिल्मले तमिलनाडुबाट ८१ करोड र आन्ध्र प्रदेशबाट २० गरी सय करोड कमाइ गरेको हो। यसबाहेक फिल्मले कर्नाटक, केरलालगायत भारतका अन्य राज्यबाट फिल्मले पहिलो हप्तामै गरेको कमाइ १ सय २५ करोड नाघिसकेको छ। 

‘मास्टर’ले ५० प्रतिशत अकुपेन्सीमा नै पहिलो हप्तामै १ सय २५ करोड व्यापार गरेको हो। हिन्दी रिमेकसमेत बनेको यो फिल्मको व्यापार भने उत्साहजनक रहेन।

फिल्ममा दुई सुपरस्टार विजय र विजय सेतुपतीका कारण दर्शक तान्न सफल भइरहेको छ।  

प्रकाशित मिति: : 2021-01-19 14:51:00

प्रतिकृया दिनुहोस्