'गिरिजाबाबु' बन्न सक्दैनन् देउवा?

नेपाल लाइभ

काठमाडाै‌ं

लिलु डुम्रे

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको निकट रहेका कांग्रेसका प्रभावशाली नेताहरुमा यतिखेर ‘नहुने चुनाव’ प्रति अति नै आशक्ति देखिएको छ। लाभहानीको प्रष्ट हिसाबकिताब गरेर हो वा अरु कुनै भुलभुलैयाले, यस्तो आशक्तिलाई उनीहरुले अनेक तर्कको आडमा सार्वजनिक गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हठात् प्रतिनिधि सभा विघटन भएपछि प्रमुख प्रतिपक्षी दलमा देखिएको यो अन्योल झट्ट हेर्दा आउँदो वैशाखका लागि घोषणा गरिएको मध्यावधि निर्वाचनले सिर्जना गरेको देखिन्छ। देउवाले भने त्यसमै आफ्नो ‘लाभ नै लाभ’ देखेका छन्। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेस स्वयं यो विघटनबाट चोटग्रस्त बन्नपुगेको संविधानको रक्षाका खातिर पहल गर्न पूरै अलमलमा देखिनुले त्यही देखाउँछ। लोकतन्त्र बहाली र विधिको शासनका निम्ति लामो समय संघर्ष गरेको मुलुककै पूरानो लोकतान्त्रिक दलभित्रको यो अवस्थाको असर र प्रभाव कांग्रेसभित्र मात्र सीमित छैन। 

प्रकाशित मिति: : 2021-01-20 11:58:00

प्रतिकृया दिनुहोस्