‘बैशाखमा चुनाव हुँदैन, भए पनि कसैको बहुमत आउँदैन’

अनलाइनखबर

काठमाडाैं

दुई वर्षपहिले प्रकाशित किताब ‘हाउ डेमोक्रेसिज डाई’ कोे निश्कर्ष छ– यदि संसारमा प्रजातन्त्रका लागि खतरा कहीँबाट छ भने त्यो अरु कोहीबाट नभएर निर्वाचित नेतृत्वहरूबाटै छ । सत्य कुरा र छ नि, विद्धानहरूले कति सत्य कुरा लेख्न सक्नुहुँदोरहेछ, झल्झल्ती त्यसको प्रतिविम्व आउँछ ।

प्रधानमन्त्रीज्युले आफ्नै घर मिलाउन नसकेर यसको कोपभाजनमा निर्वाचित संस्था प्रतिनिधिसभाको हत्या गर्नुभयो । खासगरी मलाई चार पक्षले तर्साउँछ । 

पहिलो– अब हाम्रो संविधान अवरुद्ध गर्‍यो । यो अफ द ट्रयाक भयो । यो यथार्थ हो । अवरुद्ध भएकोलाई फेरि ट्रयाकमा ल्याउनका निमित्त हामीलाई कति समय लाग्ला ? यसको निमित्त कति, कुन तहको बलिदानी क–कसले दिनुपर्ने होला ? त्यो प्रश्नको जवाफ मैले बुझेको छैन ।

दोस्रो– यो संविधानबाट हामीले अभुतपूर्वरुपमा यी–यी कुराहरू उपलब्धीका रुपमा पाएका थियौं भनेर जुन तत्वहरू÷घटनाहरूलाई हामी गौरव गर्छौं, ती तत्वहरुको भविष्य कस्तो हुन्छ होला ? मलाई लागेको अर्को विषय यो हो ।

तेस्रो– हामी अँध्यारो सुरुङमा प्रवेश गरिसक्यौं । अनिश्चिततामा प्रवेश गरिसक्यौं । अब त्यसबाट राजनीति सहजरुपले नै अवतरण हुन्छ कि, अथवा त्यसले कुन बाटो लिन्छ होला ? अर्को चिन्ता र चासोको कुरा ।

चौथो– अहिलेको अवस्थाले जुन किसिमको रिक्तता सिर्जना गरेको छ । त्यो रिक्ततामा आउने खेलाडीहरू को–को हुन्छन् होला ? ती पात्रहरू हामी मात्रै हुन्छौं अथवा भूराजनीतिक रुपमा अरु पनि हुन्छन् होला ? ती खेलाडीहरूको इन्ट्रेस्ट के हुन्छ होला ?

मैले यी प्रश्नहरुको उत्तर खोजिरहेको छु । तर, पाउन सकेको छैन ।

प्रकाशित मिति: : 2021-01-20 21:53:00

प्रतिकृया दिनुहोस्