मध्यमवर्ग किन तानिए शेयर बजारमा ?

हिमाल खबर

काठमाडाै‌ं

रमेश कुमार  

कोरोनाभाइरसले अर्थव्यवस्थाको गति ठप्प बनाएका वेला पनि पछिल्लो एक वर्षमा मात्रै शेयर बजारमा लगानीकर्ताहरुको सम्पत्ति करीब रु.१४ खर्बले थपियो। बितेको एक महीनामा मात्रै लगानीकर्ताले झण्डै रु.४ खर्ब कमाए। राजनीतिक अन्यौल र अर्थतन्त्रमा निराशाका बीच पनि शेयर बजारमा भने अभूतपूर्व रौनक छ। त्यसैले, शहरीया मध्यम वर्गमाझ पछिल्लाे समय शेयर बजार छलफलको विषय हुन थालेकाे छ। 

बजारमा लगानीको होड यसरी बढेको छ कि ब्यांक तथा वित्तीय संस्थाका ढोकामा शेयर खरिदको अनलाइन खाता खोल्न थामिनसक्नु भीड हुन्छ। विभिन्न कम्पनीको प्राथमिक शेयर किन्न मागको कयौं गुणा बढी आवेदन परिरहेको छ। दोस्रो बजारमा पनि शेयर किनबेच गर्नेको संख्या चुलिएको छ। एक हिसाबले शेयर बजारमा एकाध महीनाबीच नै कायापलट आएको छ ।

पुँजीवादको प्रतीक मानिएको शेयर बजारमा अभूतपूर्व उछाल आउँदा यसबारे अनजान सर्वसाधारणलाई पनि यो बजार एकैसाथ कौतुहल र आकर्षणको केन्द्र बनेको छ। यसअघि कहिल्यै कारोबार नगरेका समेत आफ्नो बचतलाई विभिन्न कम्पनीका शेयर किन्नमा खन्याइरहेका छन्। पूँजीबजारमा अहिले यस्तो अभूतपूर्व चमक छ, जसको आकर्षणले जो कोहीलाई तानिरहेको छ । बजारमा कहिलेसम्म यस्तो चमक रहन्छ र लगानीकर्ताको उत्साह कायम रहन्छ भन्ने अनुमान गर्न सजिलो छैन।
 

प्रकाशित मिति: : 2021-01-21 14:00:00

प्रतिकृया दिनुहोस्