शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ

बिएल संवाददाता

काठमाडाै‌ं

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन्। 

चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ।

बिहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए। 

किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ।

आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा‍‍.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

प्रकाशित मिति: : 2021-01-21 14:55:00

प्रतिकृया दिनुहोस्