प्रचण्डमाथि ओलीकाे कटाक्ष: मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो, ससुरो होस् त्यस्तो

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निसन्तान हुनुमा हिनताबोध नभएको बताएका छन्। ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताएका हुन्। 

बिहीबार प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परिवारवाद र नातागोताको कुरा गर्दा आफूलाई छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन्।

‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो। छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो। ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो। मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले। गज्जब बहादुर हो। ससुरो होस् त्यस्तो होस्।’

 प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाए।

‘उनीहरुका ज्वाइ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हन् ? उनीहरुको अवस्था के छ ?’,उनले भने। 

प्रकाशित मिति: : 2021-01-21 15:25:00

प्रतिकृया दिनुहोस्