लाैनचाैरमा उपराष्ट्रपतिसँग प्रचण्ड र बाबुरामकाे भेट्

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेका छन् ।

प्रचण्डसँगै जनता समाजवादी पार्टीका नेता डा।बाबुराम भट्टराई पनि उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न पुगेका छन्। 

यसअघि पनि उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल भएको  स्रोतले जनाएको छ ।

‘उपराष्ट्रपतिसँग करिव आधा घण्टा छलफल गरेर उहाँहरु लैनचौरबाट बाहिरिनु भएको छ,’ एक सुरक्षाकर्मीले भने।  

उपराष्ट्रपतिसँग प्रचण्ड र बाबुरामको संयुक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति: : 2021-01-22 17:49:00

प्रतिकृया दिनुहोस्