प्रचण्डलाई बाबुरामले भने- एक्लाएक्लै आन्दाेलन गरेर खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक्लाएक्लै आन्दोलन गरिरहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र जनता समाजवादी पार्टीलाई संयुक्त आन्दोलन गर्न आह्वान गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सुरु भएको प्रतिगमनविरुद्ध यी पक्षले छुट्टाछुट्टै सडक आन्दोलन गर्नुको साटो सबैले संयुक्त आन्दोलन गर्नुपर्ने र त्यसो नगरे सफलता हात नलाग्न सक्ने बताएका छन्।

उपराष्ट्रपति भवन लैनचौर प्रचण्डसँगै उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेकाे केहीबेरमै उनले ओलीले देशभित्र र बाहिरसमेत सेटिङ गरेको हुनसक्ने संभावनातर्फ संकेत गर्दै त्यस्तो चुनौतीलाई कम आँक्न नहुने बताएका हुन्।

‘ओलीप्रतिगमनविरूद्ध नेका, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्, तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं,’ उनले शुक्रबार बेलुका सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकौं। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने? सोचौं।’ 

प्रकाशित मिति: : 2021-01-22 22:33:00

प्रतिकृया दिनुहोस्