काभ्रेको बनेपामा प्रेसर कुकर बम फेला

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

काभ्रेको बनेपामा प्रेसर कुकर बम फेला परेकाे छ।

शनिबार बिहान बनेपा नगरपालिका ६ बुडोलमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

शंकास्पद बस्तु भेटिएपछि बम हुन सक्ने आशंकामा सेनाको टोलीलाई बोलाइएको थियो।

अनुसन्धानको क्रममा प्रेसर कुकर बम रहेको पाइएपछि डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए।

शनिबार नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको छ।

प्रकाशित मिति: : 2021-01-23 08:20:00

प्रतिकृया दिनुहोस्