खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध काम गर्नेमा विश्वस्त भइहाल्ने अवस्था छैन : डा अनुप बास्तोला [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिसकेको छ। नयाँ प्रजातिको कोरोना भाइरस कस्तो प्रकृतिको छ? यसले स्वास्थ्यमा कस्तो असर गर्छ? नेपालमा यो भाइरस फैलिने सम्भावना कति छ? लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलासँग रिता लम्सालले गरेको कुराकानीको सम्पादित अंशः 

बेलायतबाट आएका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। नयाँ प्रजातिको भनिएको कोरोना भाइरसलाई आमजनले कसरी बुझ्ने?
कोरोना भाइरस समुदायमा फैलिँदै जाँदा यस्तो स्वरुप परिवर्तन हुन्छ। विशेषगरी आरएनए भाइरसहरुको स्वरुप परिवर्तन हुन्छ। यो नयाँ प्रजातिको भाइरसले संक्रमण गर्ने अर्थात् शरीरका कोषिकाहरुमा छिर्ने ठाउँमा एसपिआई प्रोटिनहरु प्रयोग गर्छ त्यो प्रोटिनहरुमा केही परिवर्तन आयो। फलस्वरुप यो धेरै संक्रामक देखियो अर्थात् एक व्यक्तिबाट धेरै व्यक्तिमा छिट्टै सर्‍यो र समुदायमा छिटो फैलियो।

प्रकाशित मिति: : 2021-01-23 08:35:00

प्रतिकृया दिनुहोस्