'पुटिनको दरबार': रुसी राष्ट्रपतिका आलोचक नभाल्नीले बनाएको भिडिओ करोडौँ पटक हेरियो

बिबिसी

काठमाडाैं

कृष्ण सागरको तटमा एउटा विलासी दरबार निर्माणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अवैध धनको प्रयोग गरेको दाबीसहित रुसका प्रमुख विपक्षी नेताले सार्वजनिक गरेको खोजपूर्ण भिडिओ एक दिनमै दुई करोड ७० लाखभन्दा धेरै पटक हेरिएको छ।

मस्को फर्किएका एलेक्सी नभाल्नीलाई पक्राउ गरेर जेल हालिएपछि उनको समूहले उक्त भिडिओ सार्वजनिक गरेको थियो।

उक्त अनुसन्धानले सो दरबारको मूल्य एक अर्ब पाउन्ड रहेको उल्लेख गर्दै त्यसका लागि ‘इतिहासकै सबैभन्दा ठूलो घुस’ दिइएको आरोप लगाएको छ।

क्रेम्लिनले उक्त सम्पत्ति राष्ट्रपति पुटिनको भएको अस्वीकार गरेको छ।

प्रकाशित मिति: : 2021-01-24 12:14:00

प्रतिकृया दिनुहोस्