डा. केआई सिंहको हात कि जुँगामा हुन्थ्यो, कि राइफलमा

हिमाल खबर

काठमाडाैं

डा. केआई सिंहको संगतमा बिताएका क्षण सम्झँदा उनको व्यक्तित्व अनौठो थियो। विद्रोह गरेर चीन भागे। फर्केर आएपछि प्रधानमन्त्री भए। पार्टी खोले। पत्रिका चलाए। उनको व्यक्तित्व कहिले रहस्यमय र कहिले सिनेमा जस्तो लाग्ने। विलक्षण प्रतिभा थिए।

डा. केआई सिंह बेग्लै खालको मान्छे थिए। उनलाई पञ्चायतमा पस्न मन लागेछ। सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। राजा महेन्द्रसँग सल्लाह भएरै होला डा. केआई सिंहलाई भूतपूर्व सैनिक संगठनमा प्रवेश गर्ने सल्लाह दिएछन्। नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायलाई नेपाल किसान संगठनमा प्रवेश गराए। रामहरि शर्मा पनि किसान संगठनमा पसे।

अब भूतपूर्व सैनिक संगठनको अधिवेशन दाङको घोराहीमा हुने भयो। डा. सिंह सो सम्मेलनमा सहभागी हुने भएछन्। राष्ट्रिय समाचार समिति (रासस) ले मलाई दाङ पठाउने भयो। संगठनको अध्यक्ष जनरल श्रीधर शमशेर राणा थिए।

दाङ जाँदा डा. सिंह र म एउटै हवाइजहाजमा प¥यौँ। उडान बिहानै थियो। जहाज काठमाडौँबाट पहिला भैरहवा जान्थ्यो। त्यहाँसम्मका यात्रुलाई ओरालेर अरु यात्रु थपेपछि दाङ जान्थ्यो। भैरहवामा डा. सिंहलाई उनका मित्र लक्ष्मीनारायण अधिकारीले हटकेशमा लञ्च ल्याइदिएका थिए। मेरो भने लञ्च ल्याइदिने कोही थिएन।
 

प्रकाशित मिति: : 2021-01-24 12:43:00

प्रतिकृया दिनुहोस्