अफिम खेती नष्ट

सांकेतिक तस्बिर

बेनीघाट रोराङ गाउँपालिकामा ३२० रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ। 

धादिङ र मकवानपुरको सीमा क्षेत्रमा अफिम खेती गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले गाउँमै पुगेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। 

उनका अनुसार प्रतिबन्धित लागुऔषध गाँजा र अफिमको खेती हुने गरेको महाभारत क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालयले ३५८ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको छ।  

प्रकाशित मिति: : 2021-01-24 19:40:00

प्रतिकृया दिनुहोस्