सन्दीपको कठिन ‘दोस्रो इनिङ’

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- ‘कथा सकिएको छैन। विस्तारै सुरु हुँदैछ।’ 

इन्डियन प्रिमियर लिग (आइपीएल) सकिएको दुई दिनपछि सन्दीप लामिछानेले सामाजिक सञ्जालमा यस्तो लेखे। आइपीएल टिम दिल्ली क्यापिटल्सले ‘रिलिज’ गरेसँगै सन्दीपको कथा अब कता मोडियो भन्ने त प्रष्ट छैन। उनलाई त्यो कथा पूरा गर्न थप चुनौती भने थपिएको छ।

सन् २०१८ सन्दीपका लागि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उदयको वर्ष थियो। एक हिसाबले भन्दा सन्दीपका लागि त्यो चमत्कारको वर्ष थियो। वर्षको सुरुमै आइपीएलको अक्सनमा नाम परेपछि सन्दीपको चर्चा सर्वत्र छायो। तर, उनी यसअघि नै चर्चाको शिखरमा पुगिसकेका थिए। चाहे त्यो सन् २०१६ मा बंगलादेशमा सम्पन्न यु–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गर्दा होस्, चाहे राष्ट्रिय टिममा परेर सनसनीपूर्ण प्रदर्शन गर्दा– आइपीएलको अक्सनसम्म पर्न सन्दीपका यिनै प्रदर्शनको भूमिका थियो। 

अक्सनमा परे पनि सन्दीप आइपीएलमा अनुबन्धित हुन्छन् या हुँदैनन् भन्ने बहस नेपाली क्रिकेटमा चुलिएका बेला २०७४ माघ १४ गते त्यसबेलाको दिल्ली डियरडेभिल्स (हाल दिल्ली क्यापिटल्स)ले २० लाख भारुमा अनुबन्ध गरेको थियो। त्यहीँबाट सुरु भएको सन्दीपको व्यावसायिक उडान भारतमा मात्र नरही त्यसवर्ष विश्वभर छायो।

अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (बीबीएल)देखि क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, ग्लोबल क्यानडा लिगदेखि युएईको टि १० लिगसम्म उनी अनुबन्धित भए। यो यात्रामा सन्दीपले उपलब्धिहरु पाउँदै गए, चर्चा झनै चुुलिँदै गयो। यतिसम्म कि ‘प्लेइङ इलेबेन’को सूची तयार पार्दा विज्ञहरुले सन्दीपको नाम अटाएकै हुन्थे। 

प्रकाशित मिति: : 2021-01-25 08:02:00

प्रतिकृया दिनुहोस्