बहुमत केन्द्रीय सदस्यले गरेको निर्णय नमान्नु आयोगको समस्या: भुसाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले बहुमत केन्द्रीय सदस्यले गरेको निर्णय नमान्नु आयोगको समस्या भएकाे टिप्पणी गरेका छन्।

सोमबार बिहान रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै आयोगले यस्तो विवादमा निर्णय सुनाएर आफ्नो औचित्य साबित गर्नुपर्नेमा चुकेको उनले बताए।

‘आयोगले नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टि गरेको दाबी गरेकाे छ। तर, त्यसको आधारमा बहुमत केन्द्रीय सदस्यले गरेको निर्णय मान्यता नदिनु हाम्रोभन्दा आयोगको समस्या हो,’ उनले भने।

उनले निर्वाचन आयोगले कुनै पनि निर्णय नगर्ने निर्णय गरेको प्रति आपत्तिसमेत जनाएका छन्।

‘कानुनअनुसार आधार पुगेपछि त्यसलाई सही ठहर्‍याउनु पर्ने हो,’ उनले भने, ‘हामीले आयोगलाई किन निर्णय गरेनौं भनेर प्रश्न गर्छाैं।’
 

प्रकाशित मिति: : 2021-01-25 12:06:00

प्रतिकृया दिनुहोस्