नेपालमा आएको कोरोनाको खोप कस्तो हो ? असर के-के छन् ? कसले लगाउन हुन्छ, कसले हुँदैन ?

लोकान्तर

काठमाडाै‌ं
डा. रवीन्द्र पाण्डे

भारत सरकारले नेपाललाई उपहार स्वरूप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । भुटान, बंगलादेश, माल्दिभ्स र सेसेल्सलाई पनि उसले खोप उपलब्ध गराएको छ ।

आफ्नो देशमा खोप लगाउन शुरू गरेको भारतले यी चार देशलाई खोप उपलब्ध गराउनुमा भारतको छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारको पाइला हो भनेर अनुमान गर्न सकिन्छ । यसलाई खोप कूटनीति वा जियो पोलिटिक्स भन्नेको संख्या पनि कम छैन । 

जे होस्, आफ्नो देशमा पुग्नेगरी खोप उत्पादन नभएको अवस्थामा सहयोग गर्नु प्रशंसनीय विषय हो ।

भारतले नेपाललाई प्रदान गरेको खोप बेलायतको अस्कफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको एस्ट्रेजेनेकाले बेलायत र भारतको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशिल्ड भ्याक्सिन हो ।

यो खोपलाई विश्व स्वास्थ्य संगठन तथा नेपालको औषधि विभागले आपतकालीन प्रयोगको लागि स्वीकृत दिएका छन् । यो खोपले विभिन्न देशका ३० हजारभन्दा बढी व्यक्तिमा तेस्रो चरणको क्लिनिकल ट्र्याल पार गरिसकेको छ ।

भारतले उत्पादन गरेको अर्को खोप कोभ्याक्सिन (भारत बायोटेकले उत्पादन गरेको) तेस्रो चरणको क्लिनिकल ट्र्यालमा छ । उक्त खोपको पनि भ्याक्सिनेसन गरेकोमा भारतमा असन्तुष्टि र विवाद चलेको छ । 

नेपाललाई पठाएको खोप कोभिशिल्डका बारेमा भने पनि विवाद देखिएको छैन ।

प्रकाशित मिति: : 2021-01-25 16:32:00

प्रतिकृया दिनुहोस्