बालुवाटार अगाडि प्रदर्शन गरिरहेका २६ अधिकारकर्मी गिरफ्तार, केही घाइते (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेका मानवअधिकार तथा शान्ति समाजका २६ अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ।

ओली सरकारद्वारा विरुद्ध सोमबार प्रदर्शन गरिएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बरालसहित २६ जनालाई गिरफ्तार गरेको हो।

विरोध प्रदर्शनका क्रममा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर्न माग गर्दै नारा लगाएका थिए।

उनीहरुले किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

उनीहरुमाथि धडपकड र पानीको फोहोरासमेत प्रहार गरिएको थियो। सोही क्रममा केही अधिकारकर्मी घाइते भएको जनाइएको छ। 

प्रकाशित मिति: : 2021-01-25 16:33:00

प्रतिकृया दिनुहोस्