अर्घाखाँचीमा बाबुले गरे छोरीको हत्या

बिएल संवाददाता

अर्घाखाँची
(File Photo)

अर्घाखाँचीमा बुबाले छोरीको हत्या गरेका छन्। शितगंगा नगरपालिका–२ झिर्राका सन्तोष घिमिरेले आफ्नै २ वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका हुन्।

२४ वर्षिय घिमिरेले छोरी सृष्टिको रसीले घाटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए।

सन्तोषकी श्रीमती केही समयदेखि माइतमा बस्दै आएकी थिइन्। श्रीमानसँगको बिवादले श्रीमती माइतीमा बस्ने गरेको प्रहरीले जनायो।

 छोरी सृष्टि बाबु सन्तोषसँग बस्दै आएकी थिइन्। सन्तोषलाई हिरासतमा लिएर थप अनुसन्धान थालेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-01-26 17:05:00

प्रतिकृया दिनुहोस्