के टुमा नेपाली पाइला

देशसञ्चार

काठमाडौँ

नेपालको राजनीतिमा आएको चरम विकृतिले संविधानवादको हद नाघेको छ। विद्यमान संकटको समाधान न्यायिक प्रक्रिया या न्यायालयबाट होला र? भन्ने आशंका त्यत्तिकै प्रवल छ। त्योभन्दा बढी आक्रोश मुलुक हाँक्ने नेताहरु मुलुक न्याक्ने गणमा बदलिँदै गएकामा चुलिएको छ।

राजनीतिज्ञहरु आफ्ना नागरिकको हित र स्वार्थबाट भन्दा बाह्य शक्तिबाट परिचालित भएको आरोप खुला रुपमा लागिरहेको छ। यो दुःखद् पाटो हो, जसको अन्त हरेक नेपालीको चाहना हो। यो राजनीति र नेताले बजाएको ध्वनि हो।

तर कठ्याँग्रिदो हिमाल के–२ बाट १० जना वीर नेपालीहरु एउटा उत्साहवर्द्धक सन्देशका साथ स्वदेश फर्केका छन्। माघ ३ गते चाङ दावा शेर्पाको नेतृत्वमा गएको टोलीले हिउँदमा पहिलो पटक शिखर चुम्नुअघि एउटा प्रण गरे- ‘यो कुनै निजी जित र उपलब्धीका लागि हैन।’ अनि तीन करोड नेपालीहरुलाई प्रतिनिधित्व गर्दै हातेमालो गर्दै गाए–’सयौँ थुङ्गा फूलका हामी।’

दिउँसो ४ः५६ (स्थानीय समय) मा ८ हजार ६ सय ११ मिटर उचाइको विश्वको दोस्रो अग्लो शिखरमा टेक्न सफल भए उनीहरु। साहस र भाग्यले उनीहरुको कर्म सफल भयो। तर उनीहरुले जसरी आफूहरुलाई प्रस्तुत गरे, त्यसमा एउटा सन्देश थियोः विश्वको दुर्गम र कठीन चढाइमा मृत्यु कुनै पनि क्षण आउन  सक्थ्यो।

प्रकाशित मिति: : 2021-01-26 21:18:00

प्रतिकृया दिनुहोस्