विद्यालयमा अजिङ्गर देखेपछि...

सांकेतिक तस्बिर

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। 

विद्यालयका शिक्षक ओमप्रकाश रजकका अनुसार शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे हो। 

विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सव डिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेको उनले बताए।

'फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेको हो' उनले भने। 

प्रकाशित मिति: : 2021-01-27 21:06:00

प्रतिकृया दिनुहोस्