ओम्नी मोटर्सको बदमासी : कानुन विपरीत एक वर्षमा १२७ टिपरमा ढाला जोडेर बिक्री

नेपाल लाइभ

काठमाडौँ

शिव बोहरा

भारतबेन्जका सवारीको नेपालका लागि आधिकारिक बिक्रेता आम्नी मोटर्सले कानुन विपरीत एक वर्षमा १२७ वटा टिपरमा ढाला जोडेर बिक्री गरेको पाइएको छ। कम्पनीले भारतबाट टिपरको च्यासिस र बडी भाग अलगअलग आयात गर्दै नेपालमा नै गैरकानुनी रूपमा १२७ टिपरमा ढाला जोडेर बिक्री गरेको पाइएको हो। ओम्नीले बडी भाग अलग्गै आयात गरी गैरकानुनी रूपमा लोड बोक्ने क्षेत्र बढाउने गर्दै आएको विषयमा नेपाल लाइभले यअघि नै समाचार प्रकाशन गरेको थियो। 

आम्नीले एक वर्षमा १२७ टिपर आयात गरी सरकारले तोकेभन्दा ठूलो बडी जोडर बिक्री गरेको हो। ओम्नीले आयात गरेका यी सबै टिपर वीरगञ्ज भन्सारबाट भित्र्याइएका हुन्। यातायात व्यवस्था विभागले २०७१ मा टिपरको क्षमताअनुसार भारबहन क्षमता तोकेको थियो। 

प्रकाशित मिति: : 2021-01-29 21:45:00

प्रतिकृया दिनुहोस्