चुँडियो सारङ्गी तार ! ​

लोकान्तर

काठमाडाै‌ं

दाजुको मिर्मिरे आँखा
कस्तो मेरो बिगार्‍यो दिमाख
नरोऊ मायालु ... !

सारङ्गीको मीठो धुनमा यसरी नरोऊ मायालु भन्दै गाउँबेसीमा गीत गुञ्जाउने लोक कलाकार धनबहादुर गायक सबैलाई रुवाएर यसै हप्ता संसारबाट अलप भए ।

गत माघ १२ गते उपचारकै सिलसिलामा यो सांसारिक मोहबाट उनले आफ्नो इहलीला समाप्त गरेका हुन्।

नुहाउने क्रममा लडेपछि बेहोस बनेका उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । केही वर्षदेखि उच्च रक्तचाप र फोक्सोका समेत बिरामी धनबहादुरको ५६ वर्षकै उमेरमा असामयिक र अकल्पनीय निधनले सारङ्गीको एउटा तार नै चुँडिएको शुभचिन्तक स्मरण गरिरहेका छन् । 

कालो वर्ण, होचो कद, फुर्तिला र जाँगरिला हर्कबहादुर सारङ्गी र मादल बजाउन माहिर थिए । मीठामीठा गीत रचना गर्ने, आफ्नै संगीत भर्ने र स्वर पनि भर्ने उनी गीत–संगीतका त्रिवेणी थिए ।

यतिसम्म कि पोखरामा हुने सांस्कृतिक कार्यक्रममा धनबहादुरको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो । उनी भ्याएसम्म ती कार्यक्रममा प्रायः सहभागी हुन्थे पनि ।

प्रकाशित मिति: : 2021-01-30 13:47:00

प्रतिकृया दिनुहोस्