लाइसेन्स जाँच: '६/७ महिना कुर्नुपर्ने' लिखितमा ८० अङ्क ल्याउनुपर्ने प्रावधान

बिबिसी

काठमाडाैं

सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको अधिकारीहरूले जनाएका छन्।

कोरोनाभाइरस महामारीका कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो।

त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन्।

त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। 

"अझ कतिपय कार्यालयहरूमा त जेठ महिनाको अन्त्य सम्मको मिति सकिएको अवस्था छ," उनले भने।

हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उनले बताए।

"हाम्रोबाट मासिक करिब ७०,५०० सवारी चालक अनुमति पत्र जाने गरेको छ। त्यसलाई आधार बनाउँदा करिब ७ देखि ८ लाख सर्वसाधारण प्रतीक्षामा छन् भनिएको हो," उनले भने।

"त्यसमध्ये दुई लाखभन्दा बढीले फारम भरिसकेको अवस्था छ। मलाई लाग्छ अहिले भर्नेहरूले ६ - ७ महिनापछि पालो पाउनुहुन्छ होला।"

प्रकाशित मिति: : 2021-01-30 21:49:00

प्रतिकृया दिनुहोस्