पशुपतिनाथलाई अर्बको जलहरी! ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?

पहिलोपोष्ट

काठमाडाै‌ं

२०७० साल तिरको कुरा हो। डा गोविन्द टण्डन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव थिए। महाबलेश्वरम पशुपतिका मूल भट्ट।

हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराइन्छ। शिवलिङ्गलाई स्नान गराइसकेपछि त्यस मुनीतिरबाट पानी बग्नेलाई जलहरी भनिन्छ। पशुपतिनाथको शिवलिङ्ग मुनि पहिलेदेखि नै चाँदीको जलहरी थियो। 'नेपालको इतिहास र संस्कृतिका केही पक्ष' किताबमा भुवनलाल प्रधानले उक्त चाँदीको जलहरी राजा रणबहादुर शाहले चढाएको उल्लेख गरेका छन्। जलहरी धेरै पुरानो भएकोले ठाउँठाउँमा फुटेको थियो। त्यसैले शिवलिङ्गलाई स्नान गराउँदा त्यहाँ रहेको चाँदीको जलहरीले थुप्रैपटक मूल भट्ट महाबलेश्वरमसहित अन्य भट्टहरुले हात काटेको धेरै दृष्तान्तहरु छन्।

टण्डन सदस्य सचिव हुँदाताका नै त्यस्ता घटनाहरु धेरै दोहोरिएपछि जलहरी परिवर्तन गर्नेबारे छलफल भएको थियो। पशुपति दर्शन गर्न राष्ट्रपति आउँदा मूल भट्टसहित अन्य भट्टहरुले जलहरी परिवर्तन गर्नपर्ने माग उठाएको कुरा राष्ट्र प्रुमखसामु राखेका थिए पनि। राष्ट्रपति विद्यादेवी भण्डारीले यस विषयमा चासो पनि देखाइन्। धेरै समय जलहरी फेर्न पाए हुन्थ्यो भनेर कुराहरु आइरहे। अब फेर्दा चाहि चाँदीको नभइ सुनको नै जलहरी राख्नुपर्छ भनेर प्रस्ताव राखेका थिए मूल भट्टले।  

प्रकाशित मिति: : 2021-01-31 09:11:00

प्रतिकृया दिनुहोस्