प्रचण्डविरुद्ध पनि सर्वाेच्चमा अदालतको अपहेलना मुद्दा दर्ता 

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता समीर हायूले साेमबार उनी विरुद्ध मुद्दा दायर गरेका हुन्। जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ। 

सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदातलको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएका हुन्। प्रचण्डले अदालत र न्यायाधीशहरूलाई लक्षित गर्दै पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै  रिट निवेदकको दाबी छ। 

यसअघि प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि अदालतको अवहेलना मुद्दा परिसकेका छन्। 

प्रकाशित मिति: : 2021-02-01 12:11:00

प्रतिकृया दिनुहोस्