हलिउड गायिका, नायिका तथा गीतकार रिता ओराले आफू प्रतिष्ठित उपन्यासकार चार्ल्स डिकेन्सको ‘फ्यान’ भएको बताएकी छिन्।
कन्ट्याक्ट म्युजिक डट कमसँग कुरा गर्दै ओराले भनिन्, ‘मलाई पढ्न रमाइलो लाग्छ। डिकेन्सको पुस्तक पढ्न पायो भने मलाई अरु केहि चाहिदैन।’
यो वर्ष रिलिज हुने उनको सिनेमा ‘ट्विस्ट’ उपन्यासकार डिकेन्सको चर्चित उपन्यास ‘ओलिभर ट्विस्ट’ मा आधारित छ। यो सिनेमामा उनको चरित्र डोज नामको महिला ड्नको छ। उनको साथ नायक माइकल केन पनि छन्।
२६ नोभेम्बर १९९० को दिन प्रिस्टिना, बेलायतमा जन्मेकी ओराले अभिनय गरेका केहि हिट सिनेमाहरुमा फिफ्टी सेड सिरिजका फ्रिड, ग्रे र डार्कर, अर्थ र उनको स्वरमा रहेको ‘लेट यु लभ मि’ बोलको चर्चित गीत हुन्।