सैन्य 'कू' बारे नेपाल सरकारले भन्यो- आङ सान सु कीलाई तत्काल रिहा गर

नेपाल सरकारले म्यान्मारको पछिल्लो राजनीतिक दृश्यप्रति चासो व्यक्त गर्दै आपत्ति जनाएको छ।

म्यान्मारको सेनाले सोमबार प्रजातन्त्रवादी तथा सत्तारुढ पार्टीकी सर्वोच्च नेतृ आङ सान सु कीसहित नेतालाई गिरफ्तार गरेर एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। 

नेपाल सरकारले सेनाको कदमप्रति असहमति जनाउँदै नेतृ सु कीलगायतलाई तत्काल रिहा गर्न माग गरेको छ।

परराष्ट्र मन्त्रालयमार्फत जारी गरेको विज्ञप्तिमा नेपालले म्यान्मारको पछिल्लो राजनीतिलाई नजिकबाट हेरिरहेको बताएको छ। सरकारले प्रजातन्त्रवादी नेतृ सु कीलगायतको सुरक्षाका बारेमा समेत चासो व्यक्त गरेको छ।

‘हामी विश्वास गर्दछौं कि यसमा संलग्न सबै पक्षहरूले म्यानमारका जनताको इच्छाको सम्मान गर्नेछन् र आशा गर्दछन् कि प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनःस्थापित हुनेछ’, परराष्ट्र मन्त्रालयले भनेको छ।
 

सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

बर्मेली सेनाको प्रष्टीकरण- नयाँ जनादेशमा जान आपतकाल लागू गरिएको हो

म्यान्मारमा भएको सैन्य ‘कू’ प्रति नेपाल मानवअधिकार संगठनको विरोध

म्यान्मारमा सेनाद्वारा एक वर्ष संकटकाल, अमेरिकाको आपत्ति

म्यान्मारमा सैन्य ‘कू’, आङ सान सु कीसहित प्रजातान्त्रिक नेताहरु नियन्त्रणमा

प्रकाशित मिति: : 2021-02-01 21:57:00

प्रतिकृया दिनुहोस्