 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                म्यान्मारमा सोमबार बिहान फेरि सैनिक ‘कू’ भएको छ। पाँच दशक शासन चलाएको सेनाले सोमबार बिहान राष्ट्रपति यु विन मिन्ट र प्रजातन्त्रवादी नेता तथा प्रधानमन्त्री आङ सान सु कीसहित उनको पार्टीका अन्य नेताहरूलाई नजरबन्दमा राखेको स्थानीय अखबार ऐरावतले जनाएको छ।
सु कीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का प्रवक्ता डा. मायो न्युन्टले सत्तासिन पार्टीको कार्यसमितिका केही पदाधिकारी, विधायक तथा क्षेत्रीय सांसदहरूलाई हिरासतमा राखिएको बताएका छन्।
म्यान्मारको आर्मीले पुनः प्रजातान्त्रिक व्यवस्थामाथि ‘कू’ यतिबेला गरेको बताइएको छ, जब सोमबार बिहान यहाँ संसदको पहिलो सत्रको बैठक बस्न लागेको थियो।
म्यान्मारमा गत नोभेम्बरमा भएको निर्वाचनमा सु कीको पार्टी एनएलडीले बहुमत प्राप्त गरेपछि संसदको पहिलो अधिवेशन बस्न लागेको बेला सेनाले ‘कू’ गरेको बताइएको छ। सोमबार राजधानी नेपिडो र आर्थिक राजधानी रंगुनमा मोबाइल तथा इन्टरनेट सेवा पनि अवरुद्ध पारिएको छ। घरेलु उडान पनि रद्ध गरिएको छ। स्थानीय केही पत्रकारहरू भयको डरले अज्ञात भएको समाचार अमेरिकाबाट प्रकासित न्युयोर्क टाइम्सले बताएको छ।
यस विषयमा म्यान्मारको आर्मीले कुनै वक्तब्य सार्वजनिक गरेको छैन।
सेनाले केही समयअघि जनतालाई अधिकार दिएपछि सन् २०१५ मा निर्वाचन भएको थियो, जसमा सु कीको एनएलडीले बहुमत सिद्ध गरेको थियो।
प्रजातन्त्रवादी नेतृ सु कीलाई सैन्य सरकारले १५ वर्ष घरमा नजरबन्द गरिसकेको छ। म्यान्मारमा शान्तिपूर्ण आन्दोलन गरेबापत सु कीलाई १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।
प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्धता भएको बताए पनि सेनाध्यक्ष जर्नेल मिन आङ हलाइङले झुटो बोलेको यहाँका इतिहासकार थान्ट मिन्ट युले बताएका छन्। सेनाध्यक्ष मिन आङ राज्यको शासन व्यवस्था आफ्नो हातमा लिने विषयमा सेनाको उच्च अधिकारी तथा अन्य राजनीतिज्ञसँग परामर्शमा रहेको बताइएको छ।
सेनाले आइतबार मात्र एउटा विज्ञप्ती सार्वजनिक गर्दै म्यान्मारको सत्ता पलट गर्ने कुनै मनसाय नभएको स्पस्ट पारेको थियो। तर, सोमबार यसको विपरित घटना भएको छ। इतिहासकार थान्ट मिन्ट भन्छन्, ‘बेग्लै किसिमले ढोका खोलिएको छ, सम्भवत अध्यारो भविस्यतर्फ उन्मुख हुन्।’
एनएलडीका प्रवक्ता डा. मायो न्युन्टले ऐरावत पत्रिकालाई दिएको अन्तर्वार्तामा भने, ‘यो सैन्य ‘कू’ कै प्रयास हो। तर, उनीहरूले होइन भन्ने छन्, राष्ट्रपतिलाई जबरदस्ती राष्ट्रिय सुरक्षाको बैठक डाक्न लगाएर आधिकारीक रूपमा राजकीय शक्ति आफूमा निहित गर्न लगाएर।’
म्यान्मारको संविधानले आपतकालको घोषणा गर्ने र आर्मीलाई शक्ति प्रदान गर्ने प्रावधान राष्ट्रपतिमा मात्र निहित गरिएको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया