काठमाडौं उपत्यकाका प्रहरी ठगीदेखि घुसकाण्डसम्मका कारबाहीमा, रोकिएनन् आचरण विपरीत गतिविधि

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा गएको पुस २३ गतेदेखि निलम्बित छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गरेको हो।

शर्मा निलम्बित हुनुको कारण हो, घुसकाण्ड। काठमाडौंको गुर्जुधारामा भएको एक दुर्घटनाको मिलापत्र गराउन १५ हजार रूपैयाँ घुस लिएको आरोप शर्मामाथि लागेको छ। मुद्दा फाँटमा कार्यरत शर्माले घुस लिएको भन्ने जानकारी तत्कालीन थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंलाई गराएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। पछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई निलम्बन गरियो। 

शर्माजस्तै कारबाही भोगेका उपत्यकामै कार्यरत अर्का प्रहरी अधिकृत हुन्, डिएसपी राजेश थापा। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख थापालाई प्रहरी प्रधान कार्यालयले 'रेकर्डमा रहने गरी' नसिहत दिएको छ। 

थापाले कारबाही भोग्नुको कारण पनि इन्सपेक्टर शर्माको जस्तै छ। शर्मा निलम्बित भए, थापालाई भने नसिहत दिइएको छ। 

प्रकाशित मिति: : 2021-02-02 18:53:00

प्रतिकृया दिनुहोस्