प्रचण्ड-नेपाल समूहको आमहड्ताल: काठमाडौंमा ७७ बन्दकर्ता पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालले ठाउँठाउँमा तोडफोड खबरहरु बाहिरिएका छन्। बिहानै उपत्यकामा बन्द गराउन सड्कमा निस्केकालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। 

अहिलेसम्म काठमाडाै‌बाट बन्द गराउँदै हिँड्ने ७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त एआजी हरिबहादुर पालले बिएल नेपाली सेवालाई बताए।

आन्दोलनमा उत्रिएका नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले काठमाडाै‌मा सवारी साधनमाथि तोडफोड गरेका छन्। 

आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। उनीसँगै हितमान शाक्य, अमृता थापा, चाबहिलबाट कृष्ण केसी, बागबजारबाट रमेश मल्ललगायतका नेताहरू पक्राउ परेका छन्।

बन्दकर्ताले बिहानै प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन्।

बन्दकर्ताले गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए। प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगहरुमा असंवैधानिक रुपमा गरिएको नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने घोषणा गरेको छ। 

प्रकाशित मिति: : 2021-02-04 08:30:00

प्रतिकृया दिनुहोस्