नेताको लडाईं, जनताको मिचाइ

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल 

पदीय लडाईँमा नेकपासँगै संसद बली चढेपछि मुलुकमा सडक आन्दोलनको सिजन दोहोरिएको छ। योसँगै मुलुक पुनः अनिश्चयको भुङ्ग्रोमा फसेको छ।

नेताको हैसियत स्थापित गर्न हरेक दिनजसो भइरहेका प्रर्दशनसँगै हड्तालको थिचोमिचोमा फेरि पनि उनै निमुखा जनता परेका छन्। उनीहरुको दैनिकी धरमराउन थालेको छ।

पार्टी विभाजन र संसद विघटनको दोष एकअर्कालाई सोज्याउँदै नेकपाका दुवै पक्षले सडकमा मुड्की उठाउँदा उनका पछाडिका भिडमा ‘अराजनीतिक’ मजदूरहरु निकै भेटिन थालेका छन्।

कामकाजका लागि घर छोड्नेहरु, मजदुर, विद्यार्थी, फुटपाथ व्यवसायीको रोजीरोटी खोसिन थालेको छ। उनीहरु भयग्रस्त देखिन्छन्।

यी वर्गहरुमाथि ज्यादती मच्चाउन दुवै ‘कम्युनिष्ट’ पक्ष उद्यत देखिन्छन्। तर नेताहरु भने सस्तो लोकप्रियताका लागि अस्वाभाविक गतिविधिलाई निरन्तरता दिने प्रयासमा छन्।

नेकपा दाहाल-नेपाल पक्षले बिहीबार आह्वान गरेको आम हड्तालमा उपत्यका र बाहिर यस्ता अनगिन्ती दृश्यहरु देखिए। गरिखाने वर्गका बारेमा एकदमै चिन्तित देखिएनन् बन्द आयोजकहरु।

प्रकाशित मिति: : 2021-02-04 22:22:00

प्रतिकृया दिनुहोस्