पूर्व-पश्चिम राजमार्गमा राखिएको बम डिस्पोज

विजय साह

जनकपुर

महोत्तरीको लक्ष्मिनियास्थित पूर्वपश्चिम राजमार्ग पर्ने ढोलन पुलको छेउमा राखिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ।

बर्दिबासस्थित नेपाली सेनाका बम विशेषज्ञ सन्तोष पराजुलीको नेतृत्व खटिएको टालीले बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए। सो ठाउँमा गएराति १२ बजे बम देखिएको थियो। अति व्यस्त रहने राजमार्गमा बम फेला परेपछि सुरक्षाको दृष्टिकोणले सवारीसाधन आवतजावतमा रोक लगाएका थिए।

सेना बम डिस्पोज गरेपछि शुक्रबार बिहान ९ बजेबाट यातायात सुरु भएको छ।

प्रकाशित मिति: : 2021-02-05 14:27:00

प्रतिकृया दिनुहोस्