मुरलाई श्रद्धाञ्जली दिन इंग्लिस खेलाडीले कालोपट्टी बाँधे

Image credit: Twitter)
Image credit: Twitter)

भारतविरूद्ध पहिलो टेस्टमा इंग्ल्याण्डका क्रिकेट खेलाडी कालोपट्टी बाँधेर मैदानमा उत्रिएका छन्। विश्व युद्धका वार भेट्रान क्याप्टेन सर टम मुरलाई श्रद्धाञ्जली दिन उनीहरू कालोपट्टी बाँधेर मैदानमा उत्रिएका हुन्। 

मुरको २ फेब्रुअरीमा सय वर्षको उमेरमा कोरोनाका कारण निधन भएको थियो। मुरले कोरोनाका लागि ३ दशमलव २७ करोड पाउण्ड उठाइदिएका थिए। 

मुरको ६ अप्रिल २०२० मा सय वर्ष पुरा भएको थियो। विश्व युद्धताका क्याप्टेन मुर भारत र म्यान्मारमा कार्यरत थिए। भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट शुक्रबारबाट सुरु भएको छ।

प्रकाशित मिति: : 2021-02-05 18:06:00

प्रतिकृया दिनुहोस्