म्यान्मारः सैन्य 'कू'विरुद्व देशव्यापी जनप्रदर्शन जारी

Photo - RFA Burmese
Photo - RFA Burmese

म्यान्मारमा सैन्य 'कू'विरुद्वको सडक आन्दोलन झन् तिब्र भएको छ। देशका मुख्य सहरमा हजारौं मानिस स्वघोषित सैन्य सरकारको विपक्षमा उत्रिन थालेका छन्।

गत साता सेनाले 'नेशनल लिग फर डेमोक्रेसी' (एनएलडी)की सर्वोच्च नेत्री आङ सान सु कीसहित राष्ट्रपतिलाई सैन्य कब्जामा लिएको थियो। अहिले पनि उनीहरु नजरबन्दमा छन्। नेत्री सु कीलगायत प्रजातन्त्रवादी नेताहरूको रिहाईको माग गर्दै, एनएलडी समर्थकहरू सडकमा आन्दोलित बनेका हुन्।

[ म्यान्मारः बर्मेली नेपालीलाई रीना वाग्लेको 'भिडियो सन्देश' ]

शनिवारदेखि जारी आन्दोलनमा म्यान्माली जनताहरू प्रजातन्त्रको रक्षाका लागि लडिरहने बताउँछन्। पुरानो राजधानी रंगुनबाट सुरु भएको सैन्य 'कू'विरुद्वको जनप्रदर्शन देशव्यापी बनेको छ।

रंगुन, माण्डले, मागोकलगायतका सहरमा मानिसहरू प्रदर्शन गरिरहेका छन्। उनीहरूले शान्तिपूर्ण रुपमा प्रदर्शनमा गरिरहेको मोगोकका स्थानीय निर्मल खरालले जानकारी दिए।

[ म्यान्मारको सानो नेपालमा सैन्य 'कू'विरुद्व जनप्रदर्शन ]

मुख्य सहरहरूमा भीडभाड बढेसँगै सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ। रंगुनमा आन्दोलनकारी उग्र बन्न थालेपछि प्रहरीलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको स्थानीय मिडियाले बताएका छन्।



म्यान्मार सैन्य ‘कू’: सबै नेपालीभाषीलाई विरोध गर्न आग्रह

सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

कालो बादलले घेरेको माघ–१९ को त्यो बिहानी

म्यान्मारको सैन्य 'कू'विरुद्व हजारौं मानिस सडकमा

प्रकाशित मिति: : 2021-02-08 13:23:00

प्रतिकृया दिनुहोस्