डिशहोममा 'डिलर दाईको डिस्काउन्ट' माघ ३० सम्म तर अफर भने जारी

बिएल संवाददाता

काठमाडाै‌ं

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ल्याएको ‘डिलर दाईको डिस्काउन्ट’ नामक अफर अन्तर्गत   हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जित्न सफल भएका छन्।

जारी अफर केहि दिन मात्र बाकीँ रहेता पनि वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई रिचार्ज रकममा आकर्षक छुट र न्युनतम शुल्क गुणस्तरीय सेवा उपलब्ध गराइरहेको जनाएको छ।

२०७६ फागुन २ गतेदेखि सञ्चालन भएको यो अफर अब भने केहि दिन मात्र बाँकी रहेको र २९ गतेसम्म रिचार्ज गर्ने ग्राहक योजनाको अन्तिम लक्की ड्रमा सहभागि हुन सक्ने दिशहोमले जनाएको छ। डिलर दाईको डिस्काउन्ट' योजना ३० गते सम्मका लागि कायम छ। सो योजना पछि लक्की ड्र सकिनेछ भने डिस्काउन्ट अफर भने सुचारु रहनेछ। 

नेपालभर रहेका डिशहोमका डिलरहरुमार्फत ‘फन्ट  ट्रान्फर’ वा कुनै पनि अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गरेबापत ‘वीक्ली लक्की ड्र’ मा भाग लिने अवसर प्राप्त उल्लेख छ। फन्ट ट्रान्फरबारे अधिक जानकारीका लागि देशभर रहेको डिशहोम डिलर वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बताइएको छ।

प्रकाशित मिति: : 2021-02-08 13:47:00

प्रतिकृया दिनुहोस्