भागरथी भट्ट: दाजु भन्छन्, 'बहिनी घरको गरिबी हटाउने सपना देख्थी, आज यो अवस्था देख्नुपर्‍यो'

बिबिसी

काठमाडौं

बहिनीको पढाइका लागि पैसा कमाउन भारत गएका प्रकाश भट्ट मर्माहत भएर आइतवार घर फर्केका छन्।

बहिनी भागरथी भट्ट सम्झँदै उनले भने, "घरको गरिबी हटाउने सपना बोकेकी बैनी आज यो अवस्थामा देख्नु पर्दा बाँच्ने आशा नै रहेन।"

गाउँमै १२ कक्षामा व्यवस्थापन विषय लिएर पढिरहेकी बहिनीको पढाइका लागि पैसा कमाउन भारत गएका उनले बताए।

बिहीवार बहिनीको बीभत्स अवस्थामा शव भेटिएयता आफ्नो 'आमाको अवस्था नाजुक रहेको र कसैसँग कुरा गर्ने अवस्थामा नरहेको' भट्टले बताए।

तीन जनाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण राम्रो उपचार गर्न नसकेर एक महिनाअघि मात्र मधुमेहकाका कारण आफ्नो बुवा बितेको प्रकाशले बताए।

अहिले प्रकाश भट्ट र उनकी आमा मात्रै होइनन्, उनीहरूको चढेपानी गाउँ शोकाकुल छ।

प्रकाशित मिति: : 2021-02-08 16:37:00

प्रतिकृया दिनुहोस्