लोकसेवा दिने भए ‘पद्मकन्या’ जानू

देशसञ्चार

काठमाडाै‌ं

मातातीर्थकी २० वर्षीया शैला चौधरी मेहनती विद्यार्थी हुन्। तर डाक्टर बन्‍ने उनको सपना पूरा भएन। छात्रवृतिमा नाम ननिस्किएपछि आफ्नै खर्चमा एमबीबीएस अध्ययन उनका लागि सम्भव भएन।

सरकारी जागिरे उनका बुवा सिमानन्दले उनलाई बीबीएस पढेर लोकसेवा दिन सुझाव दिए। कुनै पनि अवसरलाई अन्तिम अवसर नठान्‍ने शैलाले बुवाको सुझाव अनुशरण गरिन्। शंकरदेव क्याम्पसमा बीबीएसका लागि भर्ना भइन्।

तर भर्ना भएको केही महिनापछि सिमानन्दले अखबारमा बागबजारस्थित त्रिभुवन विश्वविद्यालयको सरकारी क्याम्पस पद्ममकन्या बहुमुखी क्याम्पसमा ब्याचलर इन पब्लिक सर्भिस एण्ड गर्भनेन्स् (बीपीएसजी) विषयको चार वर्षे (समेष्टर प्रणाली) शैक्षिक कार्यक्रम सञ्चालन हुन लागेको विज्ञापन देखे।

तत्काल शैलालाई यसबारे बताए। आफू सरकारी जागिरे भएकाले यो कार्यक्रमको महत्व बुझ्न शैलाको बुवालाई धेरै समय लागेन। शैला पनि उत्साहित भइन्। शैला तत्कालै पद्मकन्या पुगिन्।

भर्नाका लागि फारम भरिन्। प्रवेश परीक्षामा उनको नाम सहजै निस्कयो। बीबीएस अध्ययन गरेपछि फेरि शैलाले लोकसेवाको तयारी गर्नुपर्थ्यो। त्यो झन्झटबाट आफू मुक्त भएको शैलाले अनुभव गरिन्।

प्रकाशित मिति: : 2021-02-08 20:44:00

प्रतिकृया दिनुहोस्