‘बक्स फिज’, ‘फिज’ र हाल ‘को को’ नामको साङ्गीतिक समुह कि पप गायिका चेरिल बेकरले कोरोना महामारीको कारण काम नगरेर घरमै बस्नु परेको कारण आफूले गम्भीर आर्थिक सङ्कट बेहोर्नु परेको बताएकी छिन्।
आइएएनएससँग कुरा गर्दै गायिका बेकरले भनिन्, ‘काम नभएर घर खर्च चलाउन मैले घर बैंकमा धितो राखेर ऋण लिएकी छु।’ जिन्दगीको यो अवस्थामा आएर यस्तो दुःखको दिन देख्नु परेकोमा आफू निकै दुःखी भएको बताउने गायिका बेकर भन्छिन्, ‘मैले घरको फर्निचर र बहुमुल्य पेन्टिङसमेत बेच्नु परेको छ।’
८ मार्च १९५४ को दिन लन्डन, बेलायतस्थित बेथनले ग्रीनमा जन्मेकी गायिका बेकरका केहि चर्चित गीतमा सिन्डरेलास् द शो मस्ट गो अन, मेकिङ अन योर माइन्ड अप आदि छन्। उनले केहि सिनेमामा नायिकाको रुपमा अभिनय पनि गरेकी छिन्। तर त्यी सबै सिनेमा असफल भएको कारण उनलाई अभिनेत्रीको रुपमा भन्दा गायिकाको रुपमा स्मरण गरिन्छ।