घरेलु मैदानमा रियालको सहज जित

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ।

मंगलबार राति भएको खेलमा रियलले गेटाफेलाई २–० ले हराएको हो।

घरेलु मैदानमा करिम बेन्जिमा र फर्लान्ड मेन्डीले गरेको एक-एक गोलले रियललाई जितमा पुर्याएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रियलले अग्रता बनाएको थियो।

रियलका लागि बेम्जिमाले भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे,भने खेलको ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २–० को सहज जित दिलाए।

जितसंगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियलले २२ खेलमा ४६ अंक जोडेको छ।

प्रकाशित मिति: : 2021-02-10 07:53:00

प्रतिकृया दिनुहोस्