'सरकार भन्दा माथि को रहेछ? बलात्कारी पो रहेछ'

'सरकार भन्दा माथि को रहेछ? बलात्कारी पो रहेछ'

प्रस्तुत नारा बुधबार कर्णाली अध्ययन केन्द्रले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्यापस परिसर अगाडि गरेकाे प्रर्दशन र रचना वाचन कार्यक्रममा गुन्जिएकाे हाे।

बैतडी दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भए यता न्यायको निम्ति प्रदर्शन भइरहेका छन्। 

यसै क्रममा अध्ययन केन्द्रले पीडितले न्याय पाउनुपर्ने माग राख्दै नाटक प्रदर्शन तथा रचना वाचन कार्यक्रम गरेकाे हाे। कार्यक्रमकै दाैरानमा बलत्कारी सरकारभन्दा माथि रहने हुनाले पीडितले न्याय नपाइरहेकाे यथार्थ नारा मार्फत व्यक्त गरिएकाे हाे।



भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौंँ 

भागरथी हत्या प्रकरण : प्रहरीले निकाल्यो यस्तो निष्कर्ष, प्रमाणका लागि फरेन्सिक जाँच



भागरथी भट्टको न्यायको लागि, दोषीलाई चाँडै कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भन्दै, निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारीलाई फाँसी दे, पीडितलाई न्याय दे , महिला हिंसा तथा यौन दुर्व्यवहार बन्द गर, शान्ति सुरक्षा कायम गर जस्ता नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएको हाे।

खासगरी बलात्कारका घटनामा सत्ताद्वारा बलात्कारीकाे संरक्षण हुँदा राज्य अपराधी उत्पादन गर्ने कारखाना बनेकाे कवि बिज्ञान राजले बताए।

उनका अनुसार कार्यक्रममा एक दर्जन बढी सर्जगहरुल रचना वाचन गरेर न्यायको निम्ति आवज उठाएका थिए भने २० मिनेटको सडक कथा तथा नाट्य प्रदर्शन समेत गरिएको थियो।



भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

भागरथीकी आमाको नियति: पुछियो सिउँदो, चुँडियो सहारा



कर्णाली अध्यन केन्द्रले विगतका दिनमा पनि अन्यायकाे विरुद्ध न्यायकाे निम्ति सडकमा सृजनात्मक गतिविधि गर्दै आएकाे केन्द्रका संयोजक मिलन बि.सीले बताए। 

'बारबार न्याय दे भनेर राज्यलाई सडकमा कराइरहनु पर्ने प्रस्थिति आइरहँदा हामी लज्जित छाैं। राज्य त निर्लज्ज छ,' उनले भने, 'आफ्ना नागरिककाे सुरक्षा गर्न नसक्ने कस्ताे खालकाे राज्य हाे? तथापि  बलात्कारी कुनैपनि हालतमा उम्कन नपाओस भनि हामी सडकमा आएका छाैं।'

प्रकाशित मिति: : 2021-02-11 06:55:00

प्रतिकृया दिनुहोस्