जर्मन क्लब बायर्नले हात पार्‍याे फिफा क्लब विश्वकपको उपाधि

एजेन्सी
एजेन्सी

जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधी हात पारेको छ।

बिहीबार राति दोहामा भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १–० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो।

अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरेका थिए। उनले  खेल सुरु भएको  ५९ औं मिनेटमा गोल गरेका थिए।

बायर्न दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएकाे छ।

प्रकाशित मिति: : 2021-02-12 08:08:00

प्रतिकृया दिनुहोस्