चीनले किन लगायो बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध

बिबिसी

काठमाडाै‌ं
GETTY IMAGES
GETTY IMAGES

चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जनाएको छ।

कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ।

बीबीसीले चिनियाँ सरकारको निर्णयबाट "निराश" भएको प्रतिक्रिया दिएको छ।

सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।

'अस्वीकार्य प्रतिबन्ध'

सीजीटीएनको प्रसारण अनुमतिपत्र गलत रूपमा स्टार चाइना मिडिया लिमिटेडसँग रहेको पाइएपछि अफकमले त्यस्तो निर्णय लिएको थियो।

गत वर्ष ब्रिटिश नागरिक पिटर हम्फ्रेलाई बलपूर्वक दिन लगाइएको भनिएको बयान प्रसारण गरेर प्रसारणसम्बन्धी ब्रिटेनका नियमहरू सीजीटीएनले उल्लङ्घन गरेको पाइएको थियो।

प्रकाशित मिति: : 2021-02-12 09:31:00

प्रतिकृया दिनुहोस्