घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?

अनलाइनखबर

काठमाडाैं

नेपालमा हुने विभिन्न प्रकारका भ्रष्टाचारमध्ये सबैधन्दा बढी जनताको सेवा प्रवाहका क्रममा हुने घुस लेनदेन देखिएको छ । र, यस्तो भ्रष्टाचारको केन्द्र संघीय सरकारको राजधानीसमेत रहेको बाग्मती देखिएको छ ।

आम जनमानसमा अर्को एउटा प्रश्न छ, जनप्रतिनिधिहरु बढी घुस्याहा छन् कि सरकारी कर्मचारी ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वाषिर्क प्रतिवेदनमा यो प्रश्नको तथ्यगत जवाफ दिइएको छ – जनप्रतिनिधिभन्दा बढी घुस्याहा कर्मचारीहरु नै छन् । त्यसमा पनि, खरिदारदेखि शाखा अधिकृतसम्मले बढी घुस खाने गरेको देखिएको छ ।

भ्रष्टाचारमा वागमती सबैभन्दा अगाडि

संघीय सरकारविरुद्ध परेका भ्रष्टाचारका उजुरीमध्ये काठमाडौंसमेत वागमतीले ४३ प्रतिशतको प्रतिनिधित्व गर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार संघीय सरकारविरुद्ध सबैभन्दा कम उजुरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा परेका छन् । गण्डकी र कर्णालीबाट संघीय सरकारविरुद्ध ६/६ प्रतिशत उजुरीहरु परेका छन् । सुदुरपश्चिम प्रदेशबाट संघीय सरकारविरुद्ध ४ प्रतिशत मा उजुरी परेको छ ।

 

प्रकाशित मिति: : 2021-02-12 10:46:00

प्रतिकृया दिनुहोस्