तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ।
बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए।
उनका अनुसार विषादी प्रयोग भएको आहारा खाएर अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको चितुवाको मृत्यु भएको हो।
विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको सङ्ख्या आठ पुगेको छ।
भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैँचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतवस्थामा फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।