अक्षर पटेल भारतबाट टेस्ट खेल्ने ३०२ औं क्रिकेटर

photo : BCCI
photo : BCCI

इंग्ल्याण्डविरूद्ध दोस्रो टेस्टमार्फत डेब्यु गरेका अक्षर पटेल भारतबाट टेस्ट खेल्ने ३ सय २ औं क्रिकेटर बन्न पुगेका छन्। सन् २०२१ मा भारतीय टेस्ट टिममा उनीसमेत चार जनाले डेब्यु गरेका छन्। यसअघि वासिङ्टन सुन्दर, टि नटराजन र नवदीप सैनीले डेब्यु गरेका थिए। 

भारतको ८९ वर्ष लामो टेस्ट इतिहासमा हालसम्म १ सय ५० खेलाडीले मात्र सर्वाधिक ६ टेस्ट खेलेका छन्। त्यसैले अक्षरको आगमनलाई लिएर धेरै आशा गरिएको छ। 

भारतमा ५१ खेलाडीले एउटा मात्र टेस्ट खेल्ने अवसर पाएका थिए। १० क्रिकेटरले मात्र सय टेस्ट पुरा गरेका थिए। यसमा सचिनले सर्वाधिक २ सय टेस्ट खेलेका छन्। यसपछि राहुल द्रविडले १ सय ६३ र भिभिएस लक्ष्मणले १ सय ३४ टेस्ट खेलेका छन्। भारतीय टेस्ट क्रिकेटमा सुनिल गावस्करको कप्तानीमा सबैभन्दा बढी २७ खेलाडीले टेस्ट क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका थिए। 

हालसम्म खेलेका ३ सय २ क्रिकेटरले मिलेर २ लाख ६० हजारभन्दा बढी रन र ७ हजार ८ सय ८७ विकेट लिएका छन्। इंग्ल्याण्डबाट हालसम्म सबैभन्दा बढी ६ सय ९६ जनाले टेस्ट खेलिसकेका छन्। यसपछि अस्ट्रेलियाबाट ४ सय ६० र वेस्ट इन्डिजबाट ३ सय २५ जनाले टेस्ट खेलेका छन्।

प्रकाशित मिति: : 2021-02-14 08:14:00

प्रतिकृया दिनुहोस्