स्पट ब्वाय राजुले फिल्म ‘प्रेमगन्ज’ बनाउने 

स्पट ब्वायको रुपमा काम गर्दै आएका राजु फुयाँलले  ‘प्रेमगन्ज’ बनाउने  घोषणा गरेका छन् । 

विगत २५ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा स्पट ब्वायको रुपमा काम गर्दै आएका फुयाँलले फिल्मको निर्माण गर्न लागेको बताएका छन्। 

राजुले प्रणय दिवसको अवसर पारेर आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्म ‘प्रेमगन्ज’को निर्माण घोषणा गरेका हुन्।   

उनी एउटा भोजपुरी फिल्मका लागि भारतमा छन्। ११ वर्षको उमेरमा फिल्म क्षेत्रमा प्रवेश गरेका राजुले ‘सगुन’देखि ‘ए मेरो हजुर ३’ सम्म आइपुग्दा करिब तीन सय फिल्ममा काम गरिसकेका छन्। 

परिच्छेद सेनको निर्देशन रहने फिल्म ‘चलचित्र चौतरी‘को ब्यानरमा निर्माण हुन लागेको हो। प्रेमकथा आधारित रहने फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्।

प्रकाशित मिति: : 2021-02-15 18:37:00

प्रतिकृया दिनुहोस्