राष्ट्रपति, प्रधानमन्त्रीलगायतले गरे वसन्त श्रवण (तस्विरहरु)

तस्वीर : राजन काफ्ले/प्रधानमन्त्रीको निजी सचिवालय
तस्वीर : राजन काफ्ले/प्रधानमन्त्रीको निजी सचिवालय

श्रीपञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा ‘वसन्त’ श्रवण कार्यक्रम आयोजना गरियो।

बिहान १०:१७ बजे हनुमानढोकास्थित नासलचोकमा आयोजना गरिएको समारोहमाराष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका थिए।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुख एवं विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा हुने वसन्त श्रवण कार्यक्रम यो वर्ष थियो। वसन्त श्रवणको शुभसाइत पञ्चाङ्ग निर्णायक समितिले जुराउने गर्छ।

प्रकाशित मिति: : 2021-02-16 14:11:00

प्रतिकृया दिनुहोस्