पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला स्थगित, देउवाले राखे केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ५ गते (बुधबार) गर्ने भनेको जिल्ला सभापतिहरुको भेला स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि भोली नै केन्द्रीय समिति बैठक बोलाएपछि अन्तिम अवस्थामा आएर पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला स्थगित गरिएको हो । 

फागुन १९ मा ४ वर्षे कार्यकाल सकिनै लाग्दा पनि महाधिवेशन कहिले गर्ने भन्ने बारे केही टुंगो नलाग्दा पौडेल पक्षका जिल्ला सभापतिहरुले देउवालाई बारम्बार दबाब दिदै आएका थिए । 

प्रकाशित मिति: : 2021-02-16 15:37:00

प्रतिकृया दिनुहोस्